अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन२०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली२०७७  नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली२०७७ विस्तृत पढ्न र डाउनलोड गर्न देहाय बमोजिमको लिङ्कमा जानुहोला ।

अपाङ्गता-भएका-व्यक्तिको-अधिकार-सम्वन्धी-नियमावली-२०७७

अपाङ्गता-भएका-व्यक्तिको-अधिकार-सम्बन्धी-नियमावली-२०७७

अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने?

तपाई हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरुको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्नेगरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुनसक्छौं। तसर्थ यस्ता गल्तीबाट मुक्त हुन निम्न सन्देशमा राम्ररी ध्यान दिनुहोला।

अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी सम्बोधन गर्ने  ?

तपाइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्ने गरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुनसक्छौं । तसर्थ यस्ता गल्तीबाट मुक्त हुन तलका सन्देशमा राम्ररी ध्यान दिनुहोला ।

सम्बोधन गर्नुपर्ने शब्द

क्रियात्मकता सीमितता (Functional Limitations)

दृष्टिविहीन

चस्मा प्रयोग गर्दा पनि वस्तुको रङ्ग, रूप, आकार, आकृति वा प्रकार छुट्टाउन नसक्ने । दुवै आँखाले पूरै देख्न नसक्ने । हिँडडुल गर्न मानव पथ-प्रदर्शक वा सेतो छडीको प्रयोग गर्ने ।

न्यून दृष्टियुक्त व्यक्ति

चस्मा प्रयोग गरेर वा नगरे पनि नजिकबाट ठुलो वस्तुको आकार र रङ्ग छुट्टाउन सक्ने, सानो वस्तु देख्न वा साना अक्षरहरू पढ्न अवरोध हुने । ठुला वस्तु वा अक्षर आँखाको नजिक लगेर पढ्न सक्ने, सेतो छडी नलिईकन पनि सामान्य हिँडडुल गर्न सक्ने, २० फिटभन्दा कमको दूरीबाट हातको औँला छुट्टाउन सक्ने ।

शारीरिक अपाङ्गता भएका व्यक्ति

हात, खुट्टा, ढाड, हाड, जोर्नी, मांसपेशी, नसालगायत अन्य अङ्ग वा प्रणालीमा आंशिक वा पूर्ण रूपमा क्षति पुगी अङ्गहरू चलाउन, हिँडडुल गर्ने, हात-खुट्टा चलाउन समस्या वा कठिनाइ हुने । उमेर पुगिसकेका तर ४ फिटभन्दा साना (होचा पुड्का) व्यक्ति ।

सुस्त श्रवण

कान कम सुन्ने वा नजिकबाट आएको ठुलो आवाज सुन्न सक्ने, स्पष्ट बोल्न सक्ने तर सानो वा सामान्य स्वरमा बोलेको सुन्न नसक्ने, श्रवण-यन्त्र लगाएर सुन्न सक्ने व्यक्ति ।

स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति

सुन्न सक्ने तर स्वर र बोलीमा मात्र समस्या भएको, बोल्न वा शब्द उच्चारण गर्नमा कठिनाइ हुने वा अक्षर वा शब्द दोहोराएर वा भकभकाएर बोल्ने, ओठ वा तालु फाटेर बोल्न अवरोध हुने, विभिन्न कारणले कृत्रिम स्वर यन्त्र प्रयोग गर्नु पर्ने ।

बौद्धिक वा सिकाइसम्बन्धी

उमेर अनुसार सिक्नु पर्ने कुराहरू सिक्न वा गर्नु पर्ने क्रियाकलापहरू गर्न नसक्ने, उमेर बढ्दै गए पनि व्यवहार सानै बच्चाको जस्तो रहने, सिक्न सके पनि सिकाइमा ढिलाइ हुने र एउटा निश्चित समयपछि सिकाइ अघि बढ्न नसक्ने व्यक्ति ।

अटिजम

सामान्य सञ्चारमा कठिनाइ हुने, सामाजिक व्यवहार गर्न कठिनाइ हुने, एउटै क्रियाकलाप दोहोर्‍याइरहने, दृश्य र तस्बिरहरूका माध्यमबाट सिक्न सक्ने वा सञ्चार गर्ने, एक्लै बस्न मन पराउने ।

मनोसामाजिक अपाङ्गता भएका व्यक्ति

विभिन्न कारणले मानसिक अवस्थामा विचलन आई दैनिक जीवनका क्रियाकलाप र जीवनका विभिन्न पक्षमा सहभागी हुन अवरोधहरूको सामना गर्नु पर्ने ।

श्रवण दृष्टिविहीन

आँखा नदेख्ने, बोल्न नसक्ने र कान सुन्नसमेत नसक्ने व्यक्ति ।

अपाङ्गता नभएका व्यक्ति

माथि उल्लेख गरिएका व्यक्तिहरूलाई समग्रमा सम्बोधन गर्दा प्रयोग हुने शब्द ( साझा शब्द ) हो- अपाङ्गता भएका व्यक्ति ।